पशुपति कोटिहोमका यज्ञ संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति महाराजजी देवघाट धाममा “माता पिता सेवा आश्रम” निमाणार्थ ईश्वरकृष्ण महाराजजी द्धारा आयोजित महायज्ञमा उपस्थित भई आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जाहेर


तनहँ जिल्लामा रहेको पवित्र देवघाट धाममा पूज्य ईश्वरकृष्ण महाराजजी द्धारा संकल्पित तथा विश्व जागरण महाअभियान आयोजित ऐतिहासिक मकर स्नान माघे मेला देवघाट महामहोत्सव २०८१ माघ १ गतेदेखी ३० गतेसम्मको विशेष कायृक्रममा, समाजको दुःखमा मल्हम पट्टी लगाउने सपना बोकेर समाजसेवामा आफ्नो जीवन समर्पित गर्नुभएका सनातन धर्मका धर्मसम्राट, मानव सेवा फाउण्डेसनका संस्थापक, पशुपति कोटिहोमका यज्ञ संकल्पकर्ता, यज्ञशिरोमण बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी महाराजको उपस्थिती भएको थियो ।
यस कार्यक्रमका आयोजक परिवार, मातापिता सेवा आश्रम परिवारले गर्नुभएको आत्मिय स्वागत र सम्मानका लागि विजय श्री कृष्ण मूर्ति महाराजले खुलेरै प्रसंसा गर्नुभएको थियो । साथै प्रमुक कथा वक्ताको रुपमा परमपूजनीया, परमआदरणीय अन्तराष्ट्रिय कथा, प्रवक्ता, करोडौ भक्तजनहरुको मन जित्न सफल देवी प्रतिभा ज्यूको मुखारविन्दबाट श्रीमद्रभागवत कथा श्रवण गर्ने अवसर प्राप्त भएको थियो । यसले मानव सेवा फाउण्डेसन, सनातनी योद्धाहरुलाई छुट्टै उर्जा, शक्ति, माया, प्रेरणा, सेवा भाव र प्रेमको अनुभूति दिलाइरहेको छ । नेपालकै नमुना मातापिता सेवा आश्रममा सहभागी भई सम्पूर्ण सनातनी धर्मावलम्वी मनहरुले योगदान गरौं ।
यही अवसरमा भागवत सेवा आश्रमद्धारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने मौका प्रदान गर्नुभएकोमा आयोजक टिमप्रति हार्दिक कृतज्ञता, अभिनन्दन वन्दना अर्पण गर्दै भागवत सेवा आश्रम र मातापिता सेवा आश्रम प्रति वहाँको सपना साकार गर्न सधैं साथ, सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *