वालयोगेश्वर महाराजको योगदानलाई उच्च सम्मान

कात्तिक १४ गतेका दिन, यज्ञ शिरोमणी राष्ट्रगुरु वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले विशेष सम्मान प्रदान गरेको छ। यो सम्मान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालकै लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणी को मञ्चबाट प्रदान गरिएको हो।

वालयोगेश्वर महाराजले विगत १७ वर्षदेखि सामाजिक, सांस्कृतिक, संगीत, धार्मिक तथा आध्यात्मिक क्षेत्रहरूमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ। उहाँको अथक परिश्रम र नेतृत्वको कदर गर्दै रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले महाराजलाई सम्मान गर्नुभएको हो।

कार्यक्रमको प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वालयोगेश्वर महाराजलाई सम्मान गर्नुभएको थियो। उहाँले सनातन धर्मप्रतिको महाराजको योगदानलाई स्मरण गर्दै भन्नुभयो, “उहाँको नेतृत्वमा समाजले धर्म, संस्कार र मानव सेवामा नयाँ आयामहरू हासिल गरेको छ।”

वालयोगेश्वर महाराजको नेतृत्वमा नेपालकै ऐतिहासिक पशुपति कोटिहोम विराट ज्ञान महायज्ञ आयोजना गरिएको थियो। यस महायज्ञले सनातन धर्मको पुनर्जागरण र समाजमा धर्मप्रतिको चेतनालाई बलियो बनाउने काम गरेको छ। साथै, उहाँको संकल्पमा कलंकीस्थित मानव सेवा फाउन्डेसनले धार्मिक तथा सामाजिक सेवामा उल्लेखनीय योगदान दिइरहेको छ।

उहाँको मात्र योगदानले होइन, उहाँको सरल व्यक्तित्व, अटल संकल्प र मानव सेवाप्रतिको समर्पणले सम्पूर्ण देशलाई प्रेरणा दिइरहेको छ। सम्मान कार्यक्रममा सहभागी सबैले उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि उहाँको नेतृत्वमा नयाँ सफलताहरू हासिल हुने विश्वास व्यक्त गरेका थिए।

वालयोगेश्वर महाराजप्रति हाम्रो नमन! 🙏

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-